घट्यो सुनको मूल्य

काठमाडौं— बिहीबार सुनको मूल्य तोलामा पाँचसय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ भने यस्तै तेजाबी सुन एक लाख ९ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो। सो दिन सुनको मूल्य ८ सय रुपैयाँ घटेको थियो ।
महासङ्घका अनुसार बिहीबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० १२:४८