
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
विकास समितिका अनुसार भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्यूनतम ४० रुपैयाँ, लोकल सानो गोलभेँडा ३५ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ७०, लोकल घिउ सिमी लोकल ४०, राजमा सिमी ७०, भटमासकोशा ९०, तितो करेला ५०, लौका ६०, परवल लोकल ५०, पाकेको फर्सी ३५, डल्लो फर्सी हरियो ३०, घिरौंला ६०, भिण्डी ७०, स्कूस ५०, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३४०, कुरीलो २५०, ब्रोकाउली ९०, तोफु १००, लोकल काँक्रो ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।
चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ३०, हरियो लसुन ९०, हरियो प्याज ९०, रायो साग ४०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।
तरबुजा हरियो ६०, मलदह आँप ७०, मौसम १८०, अनार ४००, केरा दर्जनको १२०, कागती १५०, स्याउ फूजी ३००, आभोकाडो ६०० र मेवा भारतीय ११० र लिची लोकल १००, जुनार २०० रुपैयाँ तोकिएको समितिले जारी गरेको सूचीमा उल्लेख छ ।