हवाई भाडा : कहाँको कति घटाइयो ? [सूची]
![हवाई भाडा : कहाँको कति घटाइयो ? [सूची]](https://newsgriha.com/uploads/posts/nepal air1686629382.jpeg)
काठमाडौं— नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बुधबार हवाई यात्राको भाडा घटाएको हो ।
क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० ले घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमराको भाडा ९० रुपैयाँले घटेको छ ।
यसैगरी काठमाडौं–भद्रपुरको तीन सय, काठमाडौं–विराटनगरको दुई सय ४०, काठमाडौं–धनगढीको चार सय ४५, काठमाडौं–नेपालगञ्जको तीन सय २५, काठमाडौं–भैरहवाको दुई सय १० र काठमाडौं–सुर्खेतको भाडा तीन सय ४५ ले घटेको छ ।
मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर १० ले कम गरेको थियो ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० २१:३९