नीति तथा कार्यक्रम
काठमाडौं महानगरले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम [पूर्णपाठ]
काठमाडौं— काठमाडौं महानगरपालिकाले बुधबार आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
महानगर प्रमुख बालेन साहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
महानगरले प्लास्टिकलाई निषेध गर्ने, प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातमा रोक लगाउने जनाएकाे छ ।
त्यसैगरी फोहोर व्यवस्थापन, सवारीसाधनहरूको प्रदूषण मापन गरी तोकिएको मापदण्डभन्दा बढी प्रदूषण निष्काशन गर्ने सवारीसाधनहरूलाई महानगर क्षेत्रमा सञ्चालन गर्न रोक लगाउन सम्बन्धित निकायसँग सहकार्य गर्ने, महानगरपालिका क्षेत्रभित्रका नदीनालाहरूको नियमित सरसफाई गर्न ‘नदी सरसफाई स्वर्णीम योजना’का रुपमा सञ्चालन गरिने जस्ता कार्यक्रम महानगरले ल्याएको छ ।
हेर्नुहोस् पूर्णपाठ
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १९:०८