
काठमाडौं— पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले अन्य क्षेत्रको बजेट कटौती गरेर कृषि क्षेत्रमा बजेट थप्न सरकारलाई सुझाव दिएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा पूर्वअर्थमन्त्री शर्माले अहिले युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्न नसक्ने हो भने केही वर्षपछि नेपालमा कृषक नै नरहने बताए ।
उनले भने, ‘कृषि क्षेत्रमा युवाहरूलाई सुनिश्चितता गर्न सकिएन भने १० वर्षपछि कृषि क्षेत्रमा काम गर्ने किसान नै नरहने अवस्था हुन्छ । अन्य क्षेत्रको बजेट कटौती गरेर कृषिमा बजेट थप्नुपर्छ । कृषि क्षेत्रको अन्यौलता र खाद्य सुरक्षाको जोखिम वर्तमान समयमा यो अन्योलग्रस्त अवस्थालाई नचिर्ने हो भने कृषि क्षेत्रले गति लिन सक्ने अवस्था छैन । नेपालमा कुषि अनुदानमा दिएको छ । तर, त्यसको दुरुपयोग भएको छ ।’
शर्माले किसानहरूलाई बिउबिजन, औजार तथा वस्तुभाउ किन्नको लागि बिना धितो क्रण उपलब्ध गराउन माग गरे ।