८०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं— नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ८०० रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मंगलबार मात्रै प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार घटेर १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ भने मंगलबार १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० ११:४५