News Griha :: न्यूजगृह
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण

पोखरा— पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण भएको छ ।  चिनियाँ जहाज विमानस्थलमा बुधबार पहिलोपटक अवतरण भएको हाे ।

अन्तर्राष्ट्रिय जहाजलाई नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसहित सरकारी टोलीले स्वागत गरेका छन् ।

चीनको छेन्दुबाट सिचुवान एअरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा उक्त विमानस्थलमा अवतरण गर्‍यो ।

पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर जहाज आएको हो ।

करिब २ घण्टा पोखरा विमानस्थलमा रहेर जहाज बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किंने छ ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०९:५९
Weather Update