आज तरकारीको मूल्य कति ?

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारीको मूल्य निर्धारण गरेको छ ।
नेपाली ठूलो गोलभेँडा अधिकतम मूल्य प्रतिकिलो ४५ रुपैयाँ कायम गरिएको छ ।
भारतीय ठूलो गोलभेँडा पनि ४५ रुपैयाँ नै कायम छ ।
त्यसैगरी टनेलको सानो गोलभेँडा १४, आलु रातोको ४५, आलु रातो भारतीयको ३६, प्याज सुकेको भारतीयको ५२, मुला रातोको ४०, हरियो प्याजको मूल्य १०० रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० ०८:४१