News Griha :: न्यूजगृह
विद्युतीय गाडीमा अर्थमन्त्रीको उल्टो बाटो, इन्ट्री लेबललाई बाटो छेक्दा अटो बजारमै धक्का

काठमाडौं— विद्युतीय गाडीमा अर्थमन्त्री डा.प्रकाशशरण महतले उल्टो बाटो समात्दा समग्र अटो बजारलाई नै नकारात्मक धक्का पुगेको छ ।

महतले जेठ १५ मा सार्वजनिक गरेको आर्थिक विधेयकमार्फत आम सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने १०० किलोवाटसम्मका विद्युतीय गाडीमा कर बढाएका छन् । उक्त क्षमताका गाडी आम सर्वसाधारणको इन्ट्री लेबलको हो ।

सर्वसाधारणको रुचिकै विषयमा अर्थमन्त्री महतले १५ प्रतिशतले बढाएको करका कारण बजारमा उक्त क्षमताको गाडीको भाउ कम्तिमा २० देखि ३० प्रतिशतले बढेको छ । अर्थमन्त्रीको एक निर्णयले ४० लाखमा पाइने गाडीको भाउ कम्तिमा ५० लाख रुपैयाँ नाघेको छ ।

अर्थमन्त्रीले सर्वसाधारणले प्रयोग गर्ने गाडीमा पहिलोपटक प्रवेश गर्न चाहेका र अरु प्रयोग गरिरहेका अब भने विद्युतीय गाडी खरिद गर्न इच्छुक ग्राहकलाई बाटो छोक्न खोजेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका सचिव विक्रम सिंघानियाले बताए ।

सरकारले बर्सेनि विद्युतीय गाडीमा फरक–फरक नीति लिइरहेको छ । २ वर्ष अगाडि पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले ७० प्रतिशतसम्म कर बढाएर आतंक नै सिर्जना गरेका थिए । त्यसपछिका अर्थमन्त्री विष्णु पौडेलले व्यवहारिक निर्णय गरेको भए पनि अहिले फेरि महतले विद्युतीय गाडीमै कर चलाउँदा यसको असर उल्टो परेको दाबी अटो व्यवसायीले गरेका छन् ।

सरकारको पछिल्लो नीतिले सर्वसाधारणमा विश्वास नै नहुने अवस्था सिर्जना भएको सिंघानियाको तर्क छ । सिंघानिया भन्छन्,‘सरकारको नीतिकै कारण यो वर्ष किनिहाल्दा अर्को वर्ष सस्तो पो पर्ने हो कि भन्ने भइरहेको छ । यही वर्ष किनिहालौ भने ग्राहकलाई अर्कोपटक महंगो पो पर्लाकी भन्ने भन्ने दोधार सरकारको नीतिले गरिदिएको छ ।’

सरकारको नीतिका कारण विद्युतीय गाडीमा लगानी गर्ने उपभोक्तासमेत हच्किएको सिंघानियाले बताए । विद्युतीय गाडी खरिद गर्ने ग्राहकले पहिलोपटक किन्दा धेरैको रोजाइ इन्ट्री लेबलमा जाउँ त्यसपछि मात्रै थप महंगोमा जाउँला भन्ने हुन्छ । त्यसैले पहिले प्रयास गर्ने उपभोक्तालाई दृष्टिगत गरेर बजारमा पारेको नकारात्मक असारलाई हटाउन नसकेको बुझाइ पनि नाडाका सचिव सिंघानियाको छ ।

बजेट आउने अघिल्लो दिनसम्म भित्रिएको विद्युतीय गाडी

 भन्सार कार्यालयवैशाखसम्मजेठ १४ सम्म
भैरहवा२१३७२११
रसुवा१६८४८०५
वीरगन्ज२४११०५
सुख्खा बन्दरगाह सिर्सिया२६१०
तातोपानी२५०२४
जम्मा४३३८११५५

स्रोत : भन्सार विभाग

अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणामार्फत महतले धनी वर्गले चढ्ने विलासिताका गाडीमा कर घटाएर सर्वासाधारणले प्रयोग गर्ने गाडीमा कर बढाएका छन् । महतले विद्युतीय सार्वजनिक गाडीलाई समेत ९०० प्रतिशतले कर बढाएर महंगो बनाइदिएका छन् । विद्युतीय सार्वजनिक गाडीको कर १ प्रतिशतबाट १० प्रतिशत पुगेको छ ।

अर्थमन्त्री महतले कर बढाएको विद्युतीय गाडी नेपालमा सबैभन्दा बढी प्रयोगमा आएको सेग्मेन्टका विद्युतीय गाडी हुन् । भन्सार विभागको तथ्यांक अनुसार नेपाल भित्रिएका विद्युतीय गाडीमा ८५ देखि ९० प्रतिशत १०० किलोवाट क्षमताकै हुने गरेको छ ।

चालु आवको पहिलो १० महिनामा जम्मा ४ हजार ३ सय ३८ विद्युतीय गाडी भित्रिएकोमा बजेट सार्वजनिक हुने अघिल्लो दिन अर्थात १४ जेठमै १ हजार १ सय ५५ वटा गाडी आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

विद्युतीय गाडीमा कर बढ्ने सूचना चुहाएर मन्त्री महतले निजी क्षेत्रलाई लाभ दिएको आरोप लागिरहेको छ । बजेट आउनुभन्दा अघिल्लो रात मात्रै हुने यस्तो निर्णयमा अर्थमन्त्री, सचिवसहित सीमित व्यक्तिको मात्र पहुँच हुन्छ । अर्थमन्त्री महतले सूचना चुहाउँदा हतारमा भित्रिएका ११ सय ५५ वटा गाडीले चालु आवकै दरमा करीब १ अर्ब रुपैयाँ भन्सार कर तिर्नुपर्ने तथ्यांकले देखाउँछ ।

भन्सार विभागकाको तथ्यांकअनुसार जेठको २ सातामा मात्रै वार्षिक विद्युतीय गाडी आयातको २७ प्रतिशत आयात भएको छ । तथ्यांकअनुसार वैशाखसम्ममा जम्मा ४३ सय ३८ वटा विद्युतीय गाडीको भन्सार जाँचपास भएको देखिन्छ ।

पछिल्लो १० महिनामा भित्रिएका गाडी मासिक औसत ४३३ वटा मात्रै हुन्छ । तर, बजेट आउने अघिल्लो दुई सातामा मात्रै ११ सय ५५ वटा विद्युतीय गाडी भित्रिनुलाई शंकाको दृष्टिले हेर्नुपर्ने भन्दै संसदमै बहस चलिरहेको छ । यद्यपि बजेट अझै पारित भएको छैन ।

भन्सार विभागका अनुसार एमजी नामका विद्युतीय गाडी सबैभन्दा बढी आएका छन्  । एमजीले जेडएस ईभी कम्फर्ट, जेडएस ईभी डिलक्स, जेडएस ईभी लङ रेन्जसहितको गाडी आयात भएको विभागको तथ्यांकले देखाउँछ । नेपालमा साइमेक्स इंक प्रा.लि.ले बिक्री गर्दै आएको बीवाईडी ब्रान्डका विद्युतीय गाडी उल्लेख्य मात्रा आउनेमा पर्छ ।

मन्त्री महतले ५० किलोवाटभन्दा कम क्षमताका गाडीलाई कर कम गरेका छन् । महतले ५०–१०० वाटसम्मका गाडीका लागि १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तः शुल्क लिने व्यवस्था गरेको छन् ।यो क्षमताको गाडी भने नेपालमा भित्रिएको तथ्यांक भन्सार विभागै छैन । सरकारले नेपालमा नआउने र प्रयोग नभएको गाडीमा भन्सार कम गरेकोजस्तो गरेर प्रवेश गर्नेमा बढी हिट गरेको निजी क्षेत्रका अटो व्यवसायीको गुनासो छ । 

विद्युतीय गाडीमा सरकारले लगाएको कर 

विद्युतीय गाडी

भन्सार

अन्तःशुल्क

क्षमता

२०७९

२०८०

२०७९

२०८०

५० किलोवाटसम्म

१०

१०

५० देखि १०० किलोवाटसम्म

१०

१५

१०

१०० देखि २०० किलोवाटसम्म

३०

२०

३०

२०

२०० देखि ३०० किलोवाटसम्म

४५

४०

४५

४५

३०० किलोवाटभन्दा माथि

६०

६०

६०

६०

स्रोतः आर्थिक विधेयक २०८०/८१

नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले विद्युतीय गाडीको भन्सार र अन्तः शुल्क  बढाइएकोमा तीव्र असन्तुष्टि व्यक्त गरिरहेको छ । नाडाका अध्यक्ष ध्रुव थापाका अनुसार ५०–१०० वाटका गाडी अलि बढी चल्ने गाडीमा पर्ने भएकोले अर्थमन्त्रीको ध्यानाकर्षण गर्नेदेखि ज्ञापनपत्रसम्म बुझाइएको बताए । यो गाडीमा भन्सार र अन्तः शुल्क नबढाउन सुझाव दिएको भए पनि अर्थमन्त्रीले अहिलेको व्यवस्थाभन्दा पनि परिमार्जन गरेर उपभोक्तालाई भार थपेको थापाको भनाइ छ । 

 

 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०९:३२
Weather Update