News Griha :: न्यूजगृह
योगलाई विश्वले ग्रहण गर्नु नेपालीका लागि खुसीको विषय : राष्ट्रपति पौडेल

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई विश्वले ग्रहण गर्नु नेपालीका लागि खुसीको विषय भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवस जुन २१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

‘नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग गाँसिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा अहिले सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी नेपालीका लागि खुसीको विषय हो,’राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ ।

हाम्रा योग गुरुहरू र अध्येताहरूका अनुसार मात्र नभएर ऐतिहासिक तथा पुरातात्त्विक तथ्यहरूले नेपाल योग भूमि भएको प्रमाणित गर्ने सन्देशमा उल्लेख छ ।

rastrapati1687311188.jpg

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०७:१६
Weather Update