News Griha :: न्यूजगृह
यस्तो छ मंगलबार तरकारी र फलफूलको मूल्य

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्यूनतम ३५ रुपैयाँ, लोकल सानो गोलभेँडा ३५ रुपैयाँ, रातो आलु ४३ रुपैयाँ, सेतो आलु ३३ रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी १००, तने बोडी ४०, लोकल घिउ सिमी लोकल २०, राजमा सिमी ७०, भटमासकोशा ९०, तितो करेला ४०, लौका ५०, परवल लोकल ५०, पाकेको फर्सी ४५, डल्लो फर्सी हरियो ३०, घिरौंला ४०, भिण्डी ६०, स्कूस ४०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०, ब्रोकाउली ८०, तोफु १००, लोकल काँक्रो ११० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग २० हरियो लसुन १००, हरियो प्याज ९०, रायो साग ३०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

तरबुजा हरियो ४०, मलदह आँप ७०, मौसम १८०, अनार ४००, केरा दर्जनको १२०, कागती १५०, स्याउ फूजी २८०, आभोकाडो ६०० र मेवा भारतीय १०० र लिची लोकल १००, जुनार २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी गराएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०९:०१
Weather Update