
काठमाडौं— ईङ्वा हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार ईङ्वा हाइड्रोपावर र नेप्सेबीच शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीको अनुसार ६० लाख कित्ता शेयर सुचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणसमक्ष नेपाल एसबीआई मर्चेण्ट बैंक लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।
सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा विवरण गरिएको (वैदेशिक रोजगारीमा रहेको नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरु समेत) १८ लाख कित्ता आर्थत् ३० प्रतिशत र कम्पनीका संस्थापक शेयरधनीहरु लगानी गरेको ४२ लाख कित्ता अर्थात् ७० प्रतिशत शेयरसमेत गरी जम्मा ६० लाख कित्ता नेप्सेमा सूचिकृत गरिएको छ ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम मिति २०८० असार ३ गतेको निर्णयानुसार यस स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको हो ।