News Griha :: न्यूजगृह
कांग्रेस नेता शेखर भन्छन्– आलु, प्याज र स्याउमा लगाइएको कर सुधार गर्नुपर्छ

काठमाडौं— नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले बजेटमार्फत आलु, प्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७औं महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले सरकारले जनतालाई विदेशबाट आयात भएका आलु, प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्याएको बताए ।

उनले कुनै सुकै वस्तुमा १३ प्रतिशत कर लगाएपछि वस्तुको मूल्य सस्तो नभए महंगो हुने दाबी गरे ।

उनले भने,‘आलु,प्याज र स्याउमा कर लगाइएको छ । जनतालाई विदेशबाट आयात भएको आलु,प्याज महंगो हुन्छ । नेपालमा उत्पादन भएको आलु, प्याज सस्तो हुन्छ । कर लगाउने बित्तिकै सस्तो केही पनि हुँदैन । यस्तो व्यवस्थाले जनताको भन्सा महंगो भएको छ । यसलाई सुधार गरेर जान आवश्यकक छ ।’

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २०:१०
Weather Update