News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेल अस्पतालमा भर्ना

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको हो ।

पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

उनको भनाइमा अहिले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । राष्ट्रपति पौडेल बुधबार मात्र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भएका थिए ।

rastrapati health1686975758.jpg

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०८:५०
Weather Update