मधेस सरकारले ल्यायो ४४ अर्ब बजेट [पूर्णपाठ]
धनुषा— मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री सञ्जय यादवले शुक्रबार प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गरे ।
प्रदेश सरकारले आगामी आवका लागि चालुतर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार (४१.३० प्रतिशत) र पुँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार (५८.२५ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ २० करोड (०.४५ प्रतिशत) बजेट विनियोजन गरेको छ ।
प्रस्तुत बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र सिँचाइलाई प्रमुख प्राथमिकतामा राखिएको छ । प्रस्तुत बजेटअनुसार मधेस प्रदेशमा किसानलाई कार्ड वितरण गर्दै विदेश भ्रमणका लागि बजेट विनियोजन गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० २२:१०