News Griha :: न्यूजगृह
मुख्यसचिव अर्याल भन्छन्– व्यावसायिक लागत घटाउन सरकारले काम गर्छ

काठमाडौं— नेपाल सरकारका नवनियुक्त मुख्यसचिव डा.बैकुण्ठ अर्यालले व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको शुक्रबार भएको भेटमा मुख्यसचिव डा.अर्यालले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने बताए ।

मुख्यसचिव अर्यालसँग महांघका पदाधिकारीको भेटबारे प्रेस विज्ञप्ति जारी गर्दै महासंघले मुलुकको समग्र व्यावसायिक वातावरण सुधारका लागि सरकारले पहल गर्ने आश्वासन मुख्यसचिवबाट पाएको जनाएको हो ।

भेटका क्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नवनियुक्त मुख्य सचिव डा.अर्याललाई बधाई दिँदै विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल थाल्न आग्रह गरे ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १९:५४
Weather Update