
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता एवम् पूर्वसभामुख सुवास नेम्वाङले ‘बजेट संशोधन गर्छु’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति संसदीय मान्यता विपरीत रहेको टिप्पणी गरेका छन् ।
शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उपनेता नेम्वाङले बजेट संशोधन गर्ने मान्यता नभएकै कारण संसदमा सांसदहरूले खर्च कटौतीको प्रस्ताव राख्ने प्रावधान राखिएको र सो प्रस्ताव पारित भए सरकार ढल्ने मान्यता रहेको स्पष्ट पारे ।
तर सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट संसदमा संशोधन हुन नसक्ने उपनेता नेम्वाङले बताए ।
उनले भने,‘प्रधानमन्त्रीज्यूले बालुवाटारमा बैठक नै राखेर संशोधन गरेर बजेटमा म सबैको चित्त बुझाउँछु भन्नुभएको रहेछ । यसबारेमा गम्भीर छलफल चल्नु राम्रै हो । तर बजेटहरू, नीति तथा कार्यक्रमहरू संंशोधन गर्दैनन् । संसदीय मान्यता विपरीत हुन्छ ।’