काठमाडौं— नेकपा एमालेका सांसद सूर्य थापाले सामुदायिक विद्यालय कर्मचारीका जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद थापाले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने,‘देशभरका सामुदायिक विद्यालयमा कार्यरत मुख्यतः लेखापाल र सहयोगीहरू आफ्नो सेवासुविधाको सन्दर्भमा सरकारको नीति तथा कार्यक्रममा एउटा कुरा आउने बजेटमा मौन रहने विरोधाभासको स्थितिमा आन्दोलनमा छन् । राजधानीमा केन्द्रित छन् । मसँग पनि उहाँहरूले भेट्नुभएको थियो । देशभरका विद्यालय कर्मचारीहरूलाई उनीहरूको जायज माग पूरा गर्ने गरी उनीहरूको न्यूनतम पारिश्रमिकको जायन माग छ । त्यो पूरा गर्ने गरी नियमित काममा फर्काइयोस् अन्यथा विद्यालय कन्द हुने स्थितिमा छन् ।’
बिहीबार माइतीघर मण्डलामा शान्तिपूर्वक आन्दोलन गर्दा विद्यालय कर्मचारीहरूमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।