News Griha :: न्यूजगृह
माल्टको स्वाद पाइने पार्ले एग्रोको बी–फिज नेपाली बजारमा

काठमाडौं— भारतीय पेय पदार्थ कम्पनी पार्ले एग्रोले आफ्नो नयाँ पेय बी–फिज नेपाली बजारमा ल्याएको छ । स्याउको स्वादमा माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलोपटक सार्वजनिक गरिएको हो । यो सबै उमेर समूहका उपभोक्ता पिउन सक्ने पार्ले एग्रोले जनाएको छ ।

बी फिज नयाँ स्पार्कलिङ फ्रुट ड्रिंक हो । यो वर्ष पार्ले एग्रोले नेपालमा एप्पी फिज प्रस्तुत गरेको थियो भने अब कम्पनीले बी फिजबाट कार्बोनेटेड पेय पदार्थमा नयाँ क्रान्ति ल्याउने बताएको छ ।

यो पेय पदार्थ माल्ट स्वादमा भएका कारण वियरको स्वादसँग पारङ्गत परिपक्व जनमानसका लागि पनि उत्तिकै रोमाञ्चक स्वादमा प्रस्तुत भएको एग्राेकाे भनाइ छ ।

पार्ले एग्रोकी प्रबन्ध निर्देशक तथा सीएमओ नादिया चौहानले भनिन्,‘पार्ले एग्रो आफ्ना उपभोक्ताका लागि अनुभवहरू बढाउन सधैं अगाडि रहन्छ । हामी नयाँ आयामहरू प्रस्तुत गर्न तत्पर छौं । त्यसैले उपभोक्तालाई नयाँ स्वाद र नयाँ अनुभवसँग परिचय गराउने प्रयास गर्छौं । जुन हाल बी फिजले गर्छ । ३० रुपैयाँबाट नै यसको मूल्य सुरु गरेर हामी झन् धेरै उपभोक्तासमक्ष पुग्ने प्रयासमा छौं ।’

पार्ले एग्रोले एप्पी फिज र फ्रुटीका लागि आफ्नो विद्यमान वितरण सहकार्यलाई विस्तार गर्दै नेपालमा बी फिज वितरण गर्न विशाल ग्रुपको पेय पदार्थ कम्पनी साउथ एसियन वेभरेजेजसँग सहकार्य गर्दै छ ।

साउथ एशियन वेभरेजका प्रबन्ध निर्देशक आशिष अग्रवालले पार्ले एग्रोको नयाँ उत्पादन बी फिजको वितरण गर्नका लागि तयार रहेको बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १८:२०
Weather Update