News Griha :: न्यूजगृह
घट्यो सुनको मूल्य 

काठमाडौं— नेपाली बजारमा कारोबारको पाचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ११:५०
Weather Update