संकट
त्रिविका सम्बन्धन प्राप्त क्याम्पस मर्ज हुन सक्ने [सूचनासहित]
![त्रिविका सम्बन्धन प्राप्त क्याम्पस मर्ज हुन सक्ने [सूचनासहित]](https://newsgriha.com/uploads/posts/tribhuvan university1686623577.jpeg)
काठमाडौं— त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एकापसमा गाभिन (मर्ज) हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरुलाई असार मसान्तसम्म निवेदन दिन आह्वान गरेको छ ।
मंगलबार एक सूचना निकालेर त्रिविले सम्बन्धन प्राप्त दुई वा दुईभन्दा बढी क्याम्पसहरु मर्ज हुन चाहेमा योजना निर्देशनालयमा निवेदन दिन सक्ने जनाएको छ।
त्रिविका कतिपय सम्बन्धन प्राप्त र आंगिक क्याम्पसहरु न्युन विद्यार्थी र सञ्चालन खर्चको अभावमा संकटमा छन् ।
विश्वविद्यालय अनुदान आयोगका अनुसार देशभर १ हजार ४४० आंगिक, सामुदायिक र निजी क्याम्पसहरुमध्ये ३ सय निजी, २१८ सामुदायिक र २१ क्याम्पसमा १०० भन्दा कम विद्यार्थीहरु छन् ।
कतिपयले अध्यापक र कर्मचारीहरुलाई तलबसमेत खुवाउन नसकेका समाचार सार्वजनिक भएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० ०८:१२