
काठमाडौं— नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले मङ्गलबारबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको छ।
विमानस्थलका अनुसार नेपाल एअरलाइन्सले काठमाडौं-मलेसिया-भैरहवा-काठमाडौं रुट अन्तर्गत साताको एक दिन उडान गर्न लागेको हो । मंगलबार बिहान साढे ७ बजे नेपाल एअरलाइन्सको न्यारोबडी जहाज विमानस्थलमा अवतरण हुनेछ।
पहिलोपटक अवतरण हुन लागेको यो उडानलाई स्वागतको तयारी भइरहेको छ। जहाज भैरहवा अवतरण गरेर पुनः काठमाडौं फर्किनेछ। हरेक मंगलबार नेपाल एअरलाइन्सले नियमित उडान गर्ने छ ।
निगमले दिल्ली-भैरहवाका लागि पनि उडानको तयारी गरेको छ। तर सम्बन्धित निकायबाट उडान अनुमति पाएको छैन।२०७९ जेठ २ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आएको भैरहवा विमानस्थलमा कुवेतको जजिरा एअरवेजले नियमित उडान गर्दै आइरहेको थियो। करिब डेढ महिनादेखि जजिराले कुवेत-भैरहवा उडान रोकेको छ।