यस्तो छ मङ्गलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं—नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ६० पैसा र बिक्री दर १३२ रुपैयाँ २० पैसा रहेको छ।
युरो एकको खरिद दर १४१ रुपैयाँ ७७ पैसा र बिक्री दर १४२ रुपैयाँ ४१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ५३ पैसा र बिक्री दर १६६ रुपैयाँ २८ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १२ पैसा र बिक्री दर ३६ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० ०६:२८