
काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
बिहीबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज ६३ पैसाले घटेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९३ पैसामा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार उक्त डलर एकको खरिद मूल्य १३१ रुपैयाँ ९६ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ५६ पैसा तोकिएको थियो । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन यूरोको एकको खरिद दर १४२ रुपैयाँ ८१ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा तोकिएको छ ।
बिहीबार यूरो एकको खरिद मूल्य १४२ रुपैयाँ ३३ पैसा र बिक्री मूल्य १४२ रुपैयाँ ९८ पैसा कायम गरिएको थियो । बिहीबारको तुलनामा आज यूरो ४८ पैसाले बढेको हो ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ३४ पैसा र बिक्री दर १६२ रुपैयाँ ८ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिद मूल्य १६२ रुपैयाँ १८ पैसा र बिक्री मूल्य १६२ रुपैयाँ ९२ पैसा कायम गरिएको थियो ।
त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ १९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५९ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ र बिक्रीमा ९६ रुपैयाँ ४४ पैसा पाइन्छ ।
यस्तै कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ८ पैसा र बिक्रीमा ३६ रुपैयाँ २४ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर आज ३४ रुपैयाँ ९६ पैसा र बिक्री दर ३५ रुपैयाँ १२ पैसा तोकेको छ ।
यूएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा, मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रुपैयाँ ७३ पैसा र बिक्रीमा २९ रुपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिदमा आज ४२९ रुपैयाँ ८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ५ पैसा पाइन्छ ।
त्यसैगरी आज बहराइन दिनार एकको खरिद दर ३४८ रुपैयाँ २२ पैसा र बिक्री दर ३४९ रुपैयाँ ८१ पैसा तोकिएको छ ।