News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
संसारभर माइक्रोचिपको अभाव किन छ ?

काठमाडौं — सन् २०२२ को अक्टोबरमा विश्वका केही ठूला कार निर्माता कम्पनीहरूका अगाडि एउटा ठूलो समस्या खडा भयो । स्वीडेनको लक्जरी कार ब्रान्ड भोल्भोले आफ्नो समूहको एउटा कारखाना एक साताका लागि बन्द गर्ने घोषणा गर्यो।

जापानको टोयोटा कार कम्पनीले पनि यस्तै निर्णय गर्नुप¥यो । टोयोटाले आफ्नो उत्पादन लक्ष्य घटाउनुपरेको थियो । यसको कारण सवारीसाधनको माग नभइ कार बनाउन प्रयोग हुने पार्ट पुर्जाको अभावले भएको हो । यो भाग सेमीकन्डक्टर अर्थात् माइक्रोचिप थियो । कोरोना महामारीको समयमा माइक्रोचिपको माग यति बढ्यो कि त्यसलाई पूरा गर्न निकै गाह्रो भएको थियो । तर दुई वर्ष बितिसक्दा पनि सेमीकन्डक्टरको आपूर्तिमा खासै सुधार हुन सकेको छैन ।
ताइवान माइक्रोचिप बनाउन अग्रणी देश हो । अहिले अमेरिका र चीन आफैंले माइक्रोचिप बनाउन अर्बौं डलर खर्च गरिरहेका छन् । उनीहरुले आफ्नो सुरक्षाको  लागि गरेको हो कि राजनीतिको लागि ?
अल राउन्डर चिप
माइक्रोचिपहरू मोबाइल फोन र कम्प्युटर अपरेटिङ सिस्टमदेखि उन्नत कम्प्युटर र मेडिकल मेसिनहरूमा सबै चीजहरूमा प्रयोग गरिन्छ । माइक्रोचिप बिस्कुट जस्तो पातलो वाफर, सिलिकन चिपमा तारले जोडिएको संरचना हो । सेमीकन्डक्टर अर्थात् माइक्रोचिप धेरै प्रकारका हुन्छन् । जस्तै मेमोरी चिप जसमा डेटा भण्डारण गरिन्छ । यसमा एउटा लजिक चिप पनि छ जुन कम्प्युटरको प्रोसेसरमा प्रयोग गरिन्छ र तेस्रो उन्नत माइक्रोचिप हो, जुन धेरै शक्तिशाली हुन्छ । आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट जटिल कम्प्युटिङ र सुपर कम्प्युटरमा प्रयोग हुने यो चिप सेल्फ ड्राइभिङ कारमा प्रयोग गरिन्छ ।

Prabhu Bank

माइक्रोचिपको महत्वबारे बोल्दै हार्वर्ड केनेडी सेन्टरमा माइक्रोचिप्समा ग्लोबल पोलिटिक्सका वरिष्ठ अनुसन्धानकर्ता र ताइवानका पूर्व सांसद जेसन शू भन्छन्, ‘जब आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट नयाँ औषधि बनाइन्छ, त्यससँग सम्बन्धित जटिल जानकारीलाई प्रशोधन गर्न आवश्यक हुन्छ । यसका लागि एड्भान्स माइक्रोचिपको प्रयोग गरिन्छ । प्रविधिको दृष्टिकोणले यो निकै महत्वपूर्ण छ ।’
जेसनले टेक्नोलोजी विकास नीतिमा प्रमुख भूमिका खेलेको छन् । उनी भन्छन्, ‘उन्नत माइक्रोचिपको विकास मोर्सको नियमको सिद्धान्तलाई पछ्याउँछ । त्यो हो, हरेक दुई वर्षमा नयाँ पुस्ताको चिपको आकार सानो हुँदै जान्छ । तर, यो दोब्बर शक्तिशाली हुन्छ । यसको जटिल तथा विशाल डेटा प्रशोधन गर्ने शक्ति दोब्बर हुँदै जान्छ भने आकार आधा घट्छ ।’ माइक्रोचिपको साइज नानोमिटरमा नापिन्छ । ताइवानमा बनाइएको उन्नत माइक्रोचिप तीन नानोमिटरको हुन्छ । यसको आकार यति सानो हुन्छ कि करिब साढे दुई करोड उन्नत चिपहरू एक इन्च बराबर छन् भन्ने तथ्यबाटै अनुमान गर्न सकिन्छ ।
माइक्रोचिपहरू शक्तिशाली हुन्छन् नै, यसलाई बनाउन उत्तिकै जटिल छ । यसलाई उन्नत प्रयोगशालामा बनाइन्छ । यी प्रयोगशालाहरूलाई फेब भनिन्छ । जेसन यस्तो प्रयोगशालामा गएका छन् र यसबारे कुरा गर्दै भन्छन्, ‘यी ल्याबहरू भविष्यउन्मुख जस्तै देखिन्छन् । त्यहाँ काम गर्ने मानिसहरूले अनौठो सूट लगाएका हुन्छन् । त्यहाँ जटिल र सटीक उपकरणहरू हुन्छन् । यो मिशन इम्पोसिबल फिल्मको सेट जस्तो देखिन्छ ।’
ठूला हलिउड चलचित्रहरू जस्तै, यो फेब पनि धेरै महँगो छ । उनीहरुको बजेट निकै उच्च हुन्छ । फेब ल्याब निर्माण गर्न २० अर्ब अमेरिकी लडरसम्मको लागत लाग्छ र यसको निर्माणमा वर्षौं लाग्न सक्छ । जेसन शू यी प्रयोगशालाहरूमा हुने जटिल प्रक्रियाहरूमा ध्यानाकर्षण गराउँदै भन्छन्, ‘यी अत्याधुनिक र सोफिस्टिकेटेड प्रयोगशालाहरू हुन् र यहाँ विशेष मेसिन र उपकरणहरूद्वारा माइक्रोचिपहरू बनाइन्छ ।’
ताइवानको प्रविधि नियमहरू
माइक्रोचिप पहिलो पटक सन् १९५० को दशकमा अमेरिकी कम्पनी टेक्सास इन्स्ट्रुमेन्ट्सका प्राविधिक इन्जिनियर ज्याक क्युबीले बनाएका थिए । यी चिपहरू पहिले पकेट क्याल्कुलेटरमा प्रयोग गरिन्थ्यो । त्यसपछि यो मोबाइल फोन र अन्य इलेक्ट्रोनिक उत्पादनहरूमा प्रयोग हुन थाल्यो । ताइवान विगत पचास वर्षदेखि इलेक्ट्रोनिक उत्पादनहरूमा प्रमुख देश रहेको टफ्ट्स युनिभर्सिटीका प्रोफेसर क्रिस मिलरले बताए ।
उनी भन्छन्, ‘सन् १९७० को दशकमा ताइवान सरकारले मोरिस चेन नामका इन्जिनियरलाई ताइवानमा चिप उत्पादन गर्ने कम्पनी बनाउन बोलाएको थियो । उनले ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी स्थापना गरे । त्यसबेलादेखि कम्पनीको व्यापार निकै विस्तार भएको छ । आज ९० प्रतिशत विश्वमा बिक्री हुने उन्नत माइक्रोचिप यो कम्पनीमा बनेको छ ।’
विश्वभरको पुरानो सामान्य माइक्रोचिप बजार ४० प्रतिशत ताइवान सेमीकन्डक्टर उत्पादन कम्पनी अर्थात् टीएसएमसीको स्वामित्वमा छ । यो कम्पनीले एप्पल कम्पनीसँग पनि साझेदारी गरेको छ । गत वर्ष, टीएसएमसीले ५ हजारभन्दा बढी कम्पनीहरूको लागि १२ हजारभन्दा बढी प्रकारका उत्पादनहरु निर्माण गरेका थिए । क्रिस मिलर भन्छन्, ‘यी माइक्रोचिपहरूमध्ये धेरैजसो चीनमा निर्यात गरिन्छ । जहाँ यो मोबाइल फोन र धेरै इलेक्ट्रोनिक वस्तुहरू बनाउन प्रयोग गरिन्छ जुन विश्वभर आपूर्ति गरिन्छ ।’ 
‘यी माइक्रोचिपहरू पहिले कहाँ पठाइन्थ्यो त्यो महत्वपूर्ण छैन । तथ्य यो हो कि यी माइक्रोचिपहरू लगाइएको इलेक्ट्रोनिक उत्पादनहरू विश्वभर बेचिन्छन् । जसअनुसार विश्वका धेरै देशहरू ताइवानको माइक्रोचिपका ग्राहक छन्,’ उनले भने । यस उद्योगमा ताइवानले शीर्ष स्थानमा ओगट्नुअघि, यसमा जापान र संयुक्त राज्यका कम्पनीहरूको प्रभुत्व थियो । जसले प्रायः मेमोरी चिपहरू र लजिक चिपहरू निर्माण गर्थे ।

बीबीसी हिन्दीबाट अनुवाद
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १२:५९
sagarmatha cementsagarmatha cement
Weather Update