News Griha :: न्यूजगृह
आजको फलफूल तथा तरकारीको मूल्य 

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

नेपाली ठूलो गोलभेँडा ५०, भारतीय गोलभेँडा प्रतिकेजी न्यूनतम ५० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा ८ रुपैयाँ, रातो आलु ३८ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, कागती १६० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ५०, मकै बोडी ४०,लोकल घिउ सिमी लोकल ४०, राजमा सिमी ८०, भटमासकोशा १२०, मटरकोशा १८०, तितो करेला ३०, लौका ६०, परवल लोकल ७०, पाकेको फर्सी ३०, डल्लो फर्सी हरियो ४०, घिरौंला ४०, भिण्डी ४०, स्कूस ४०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०, ब्रोकाउली ७०, तोफु ११०, लोकल काँक्रो ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

चमसूरको साग १००, पालुंगो साग १००, मेथिको साग १००, तोरीको साग ४० हरियो लसुन ६०, हरियो प्याज ५०, रायो साग ४०, धनियाँ २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

तरबुजा हरियो ४०, दसहरी आँप ७०, मौसम १८०, अनार ३८०, केरा दर्जनको १२०, फूजी स्याउ २८०, आभोकाडो ५०० र मेवा भारतीय १०० र लिची लोकल १२० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०९:०२
Weather Update