संसद्
प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महत

काठमाडौं— प्रतिनिधि सभा बैठक सोमबार पनि बस्दैछ । दिनको १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो ।
आर्थिक वर्ष ०८०/८१ को बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने बैठकको कार्यसूची छ ।
बजेटमाथि छलफल आइतबारबाट सकिएपछि सोमबार अर्थमन्त्रीले जवाफ दिने भएका हुन् ।
बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ आइतबार नै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै सो कार्यसूची सोमबार लागि राखिएको हो ।
बजेटमाथि सत्ता र प्रतिपक्ष सांसदले मिश्रित प्रतिक्रिया जनाएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० ०७:०७