News Griha :: न्यूजगृह
औचित्य पुष्टि हुनेगरी सरकारले करको दर हेरफेर गर्न पाउँछ : गगन थापा 

काठमाडौं— नेपाली कांग्रेसका सांसद गगन थापाले आचित्य पुष्टि हुनेगरी सरकारले करको दर हेरफेर गर्न पाउने बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि टिप्पणी गर्दै सांसद थापाले छुट दिएको करको भार कति पर्‍यो र हटाउँदा के कति फरक पर्‍यो भन्ने औचित्यको पुष्टि हुनु पर्ने बताए ।

चाहे त्यो विद्युतीय गाडी होस् या अन्यमा तर किन भन्ने प्रश्नको जवाफ भने हुनुपर्ने उनको भनाइ थियो । उनले करको दर हेरफेर नै गर्न नपाउने भए विधेयक किन ल्याउने भन्ने प्रश्न पनि गरे ।

उनले भने,‘प्रधानमन्त्री भनेको क्याबिनेटको क्याप्टेन  हो । सबै कुराको जिम्मा प्रधानमन्त्रीले लिने हो । त्यो स्रोत समिति जहाँ बैठक हुन्छ त्यहाँ प्रधानमन्त्रीको उपस्थिति नै हुँदैन । बाहिर प्रधानमन्त्रीको भाषण एउटा हुन्छ । यो गर्छु र त्यो गर्छु भन्ने हुन्छ । तर म यो गर्छु भनेर राखेको चाहनालाई व्यवहारमा अनुवाद गर्ने स्रोत समितिको बैठकबाट हुन्छ । यो त अर्थराजनीति निर्णय हो । तर यहाँ हाम्रो राजनीतिक उपस्थिति हुँदैन । मन्त्रालयमा त मन्त्रीज्यू बैठकमा बस्दै बस्नुहुन्न । सबै भन्दा बढी काम मन्त्रालयमा काम हुन्छ तर त्यहाँ मन्त्रीज्य बस्नुहुन्न । तर बस्नुपर्छ ।’

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १५:५७
Weather Update