राप्रपा सांसद ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन् ।
प्रधानमन्त्री दाहालको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र अदालतले ३० जेठमा प्रधानमन्त्रीलाई अदालतमा हाजिर हुन सूचित गरेको जनाउँदै शाहीले आइतबार बसेको प्रतिनिधि सभा बैठकमा भने,‘३० गते प्रधामन्त्री अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि पुष्पकमल दाहाल प्रचण्ड भएर जानुहुन्छ ? प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ । नैतिकताका आधारमा पनि पदमा बसिरहन मिल्दैन ।’
शाहीले प्रधानमन्त्रीको राजीनामा मागेलगत्तै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एकोहोरो प्रधानमन्त्रीलाई लखेटेको भन्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० १५:२३