News Griha :: न्यूजगृह
नेपालको पैसा अवैध बाटोबाट विदेश पुर्‍याएपछि आर्थिक संकट आयो : प्रभु साह

काठमाडौं— आम जनता पार्टीका सांसद प्रभु साहले नेपालको पैसा अवैध बाटोबाट विदेश पुर्‍याएको हुनाले आर्थिक संकट आएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कमिसन र घुसको नाममा पैसा लिएर विदेश पठाएको भन्दै यस्तो प्रवृत्तिले नेपालमा आर्थिक संकट कम नहुने बताए ।

‘व्यापारीहरू राजस्व छली गरिरहेका छन् । पैसा थुपारिरहेका छन् । कर्मचारीहरू घुस खाएर पैसा थुपारिरहेका छन् । नेताहरू कमिसनको पैसा थुपारिरहेका छन् र ती पैसा अवैध बाटोबाट विदेश पुर्‍याउने गरेका छन् । पुँजी अवैध बाटोबाट विदेश लगेपछि नेपाल समृद्ध हुन्छ ?’

सांसद साहले कतिपय नेताहरू अवसरका लागि नेपाल बसेको र आफ्नो छोराछोरीलाई बाहिर पठाएको भन्दै नेपालमा अवसरको खोजी गर्ने व्यक्ति मात्र रहने बताए ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १५:१३
Weather Update