News Griha :: न्यूजगृह
बीमा क्षेत्रका समस्या समाधान गर्न सामूहिक प्रयास आवश्यक : अर्थमन्त्री महत

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले सामूहिक प्रयासले मात्रै बीमा क्षेत्रको व्यवस्थित विकास सम्भव रहेको बताएका छन् ।

काठमाडौं आयोजित ‘एसियन इन्स्योरेन्स मिट २०२३’ मा मन्त्री महतले राष्ट्रको विकासका लािग विकसित वित्तीय प्रणाली महत्वपूर्ण हुने बताए ।

उनले भने, ‘सहज बीमा क्षेत्र निर्माणको प्रयासमा सहकार्य र नवीनता महत्पूर्ण पाटो हो । नियामकहरू, बीमाकर्ताहरू, पुनर्बीमा र सहजकर्ताले बलियो जोखिम व्यवस्थापन ढाँचाहरू विकास गर्न, पर्यवेक्षक संयन्त्रहरू बढाउन सामूहिक प्रयाय गर्नुपर्छ ।’

वित्तीय साक्षरता बढाउन र बीमामा आम नागरिकको पहुँच बढाउन लचिलो जीवन बीमा बजार आवश्यक रहेको उनको भनाइ छ । 

‘हामी एक महत्वपूर्ण मोडमा उभिएका छौँ जहाँ हामी परम्परागत र नयाँ दुवै जोखिममा अभूतपूर्व वृद्धि देखिरहेका छौँ,’ उनले भने, ‘हामीले प्राकृतिक प्रकोप, आर्थिक अस्थिरता, साइबर खतरा र महामारीको विनाशकारी प्रभावहरू अनुभव गरेका छौँ ।’

यस्ता समस्या बढिरहेका बेला बीमा बजारलाई थप व्यवस्थित गर्नुपर्ने चुनौती बढेको उनको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १२:०५
Weather Update