News Griha :: न्यूजगृह
भारतीय संसदमा नेपाली भूमि समेटिएको नक्सा, के भन्छ भारत ?

काठमाडौं— भारतीय विदेशमन्त्री एस जयशंकरले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट पार्दै सो विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने आफूलाई लागेको बताएका छन् ।

भारतको नवनिर्मित संसद् भवनमा राखिएको उक्त भित्ते नक्सामा नेपालको समेत केही भू–भाग समेटिएको भन्दै नेपालमा समेत सो विषयमा कुरा उठिरहेका बेला उनले बिहीबार नयाँ दिल्लीमा सञ्चारकर्मीसँग साे कुरा बताएका हुन् ।

shankar1686269563.jpg
भारतीय विदेशमन्त्री एस जयशंकर ।

उक्त नक्साका सम्बन्धमा यसअघि मन्त्रालयका प्रवक्ताले स्पष्ट पारिसकेको बताउँदै विदेशमन्त्री जयशंकरले नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको बताए ।

यो राजनीतिक विषय बन्न नहुने र छिमेकी मित्र मुलुकहरूले यो विषयमा बुझिसकेका छन् भन्ने आफूलाई लागेको बताए । उनले छिमेकी मुलुकहरूलाई स्पष्टीकरण चाहियो भने पनि त्यो ठूलो कुरा नभएको जानकारी दिए ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०५:५५
Weather Update