News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सरकारको नीतिका कारण लगानी गर्न कठिन : अध्यक्ष ढकाल

काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानीमैत्री वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । बिहीबार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहमा बोल्दै उनले लगानीमैत्री वातावरण सिर्जन गर्न सरकारलाई आग्रह गरेका हुन् ।

उनले नेपालमा लगानी गर्न प्रकृतिले नै अथाह सम्भावना दिए पनि सरकारको नीतिका कारण लगानी गर्न कठिन भइरहेको बताए । उनले  लगानीका लागि आकर्षित गर्ने सरकारको नीति रहे पनि निजी क्षेत्रले आवश्यक मात्रामा सहजीकरण पाउन नसकेको बताए ।

Prabhu Bank

उनले भने,‘हामीलाई प्रकृतिले नै दिएका अथाह सम्भावनाहरूमा लगानीका लागि सरकारले लगानीकर्ताहरूलाई आग्रह गर्दछ । तर हामी लगानीकर्तासँग भने कतिपय तीता अनुभवहरु पनि छन् । निजी क्षेत्रसँग सहकार्य गर्ने तथा लगानीका लागि आकर्षित गर्ने सरकारको नीति रहे पनि निजी क्षेत्रले आवश्यक मात्रामा सहजीकरण पाउन सकेको छैन । हामीलाई कागजी प्रक्रिया र कुनै कारण नभए पनि सरकारी अड्डाबाट फाइल अघि नबढ्ने रोगले त्यत्ति नै सताइरहेको छ ।’

उनले मौलाकाली केबलकारको कागजी प्रक्रिया मिलाउन धेरै समय लागेको बताउँदै क्याबिनेटबाट निर्णय भइसकेका कुरा पनि कार्यान्वयन हुन नसकेको बताए । उनले सोही कारण लगानीकर्तामा निराशा उत्पन्न हुने बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १८:३८
sagarmatha cementsagarmatha cement
Weather Update