News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
होलसेलमा अनुमान गरिएको बजेटमा झारा टार्ने काम भयो : सभापति लामिछाने 
फाइल तस्बिर ।

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले होलसेलमा बजेट अनुमान गरिएको बताए । 

बिहीबार प्रतिनिधि सभाको बैठकमा विषेश समयमा उनले बजेट अनुमान झारा टार्ने काम जस्तो भएको बताए । 

Prabhu Bank

सभापति लामिछानेले प्रस्तुत गरेको विनियोजनका प्राथमिकता नीति तथा कार्यक्रममा र बजेट एउटै सरकारले लिएर आएको हो कि फरक फरक सरकारको पालामा आएको हो भन्ने कुरामा आफू दोधारमा परेको पनि बताए । उनले बजेटमा कार्यमहरूबीच तालमेल कहीँकतै नभेटिएको पनि बताए । 

उनले भने, ‘यस बजेटमा अर्थमन्त्रीज्यूले ९० वटा शीर्षकहरूमध्य ६८ वटा शीर्षकहररूबाट प्राप्त हुने राजस्वको मूल्य दर २४.३७ प्रतिशत हुन्छ भन्ने अनुमान गर्नु भएको छ । राजस्वको मुख्य आधारहरू कर, गैर कर दुवैको वृद्धिदर पनि २४.३७ प्रतिशत अनुमान गर्नु भएको छ । करको  स्रोतहरूमा आय, मुनाफा तथा पुँजीगत लाभमा लाग्ने कर वस्तु तथा सेवामा आधारित कर र वैदेशिक व्यापारमा लाग्ने कर सबैको वृद्धिदर २४.३७ प्रतिशत हन्छ भन्ने अनुमान गर्नु भएको छ । होसेलमा गरिएको यस्तो अनुमानबाट यो पुष्टि हुन्छ कि यो बजेटको लेखन एउटा झारा टार्ने काम र गैर जिम्मेवारी काम अथवा हेलचेक्र्याई पूर्ण ढंगबाट गरिएको हो कि भन्ने आशंका गर्ने ठाउँहरू प्रशस्त मात्रामा छन् ।’ 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १३:२८
sagarmatha cementsagarmatha cement
Weather Update