News Griha :: न्यूजगृह
एमाले सांसद गुरुङ भन्छन्– वर्तमान सरकारको बजेट पञ्चायतकालीन बजेटको पुनरावृत्ति

काठमाडौं— नेकपा एमालेका सांसद पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकारले ल्याएको बजेट पञ्चायतकालीन बजेटको पुनरावृत्ति भएको दाबी गरेका छन् । 

बिहीबार प्रतिनिधि सभामा आगामी वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद गुरुङले बजेट प्रगतिशील नभएको आरोप लगाए । 

उनले भने, ‘राज्यसत्ताको अधिकार प्राप्त सरकारले जोसँग आर्थिक अधिकार पनि छ । त्यसैले यो बजेटलाई पञ्चायतकालीन बजेटको पुनरावृत्ति भयो भन्न सकिन्छ । यो कुनै प्रोगेसिभ बजेट हैन । यो समाजवादको यात्रा तय गर्ने खालको बजेट हैन । यहाँ कुनै कर प्रणालीमा परिवर्तन भएको छैन । भन्सार राजस्वमा आधारित अर्थतन्त्र निमार्ण गर्न खोजेर, भन्सार राजस्वमा रमाउने सरकार कमिसनतन्त्रमा रमाउने व्यवसाय, यस्तो अर्थतन्त्रले देशको विकासमा योगदान पु¥याउ सक्दैन ।’ 
 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १३:१५
Weather Update