News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
१७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आयो : सांसद चौधरी 

काठमाडौं— नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बजेटको ठूलो हिस्सा साधारण खर्चमा बढ्दा विकासका लागि स्रोत व्यवस्थापनमा चाप परेको बताएका छन् । 

बिहीबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सांसद चौधरीले बजेटमा गरिएको व्यवस्थाले विकास कार्य दू्रतगतिमा अघि बढ्न नसक्ने बताए । 

Prabhu Bank

उनले भने, ‘बजेटको बुँदा नम्बर १९ मा अर्थमन्त्रीज्यूले साधारण खर्चमा वृद्धि हुँदै गएको र तलवभत्ता सामाजिक सुरक्षा वित्तीय हस्तान्तरण प्रशासनिक खर्चलगायतका साधारण खर्च र बढ्दो क्रृण भुक्तानीको दायित्व व्यवस्थापन गर्न १२ खर्ब ८० अर्ब विनियोजन गर्नु परेको बताए । यो रकम कुल बजेटको ७३ प्रतिशत हुन आउँछ । कुल बजेटको ठूलो हिस्सा यसरी छुट्याउन पर्दा विकास कार्यका लागि स्रोत व्यवस्थापनमा चाप परेको छ ।’

सांसद चौधरीले १७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँखर्च गर्न तयार हुँदा यसले विकासको नियमित प्रक्रियालाई नै अवरुद्ध पार्ने बताए । 

उनले भने, ‘आगामी वर्षको बजेटमा चालु खर्चको अंश ६५ प्रतिशत, पुँजी बजेटको अंश केवल १७ प्रतिशत रहेको छ । अर्थात् हामी १७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च गर्ने तयारीमा छौँ । यो भनेको सरासर देश आर्थिक विकासको द्रूतगतिमा बढ्न सक्दैन भन्ने कुराको आत्मस्वीकार्यता हो । यो अवस्था धेरै वर्षदेखि बाटो बिराएको हाम्रो राजनीति, अर्थनीति र कूटनीतिको उपज हो ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १२:५४
sagarmatha cementsagarmatha cement
Weather Update