एक हजारले घट्यो सुनको मूल्य

काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १ सय ५० रुपैयाँ तय भएको जनाएको छ । बुधबार तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १ सय ५० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलामा १ हजार ४ सय २० रुपैयाँ थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० १२:२४