नेपालको जलविद्युत्माथि भारतको एकाधिकार रोक्न सांसद सुवालको माग

काठमाडौं— नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको जलविद्युत्माथि भारतको एकाधिकार रोक्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सांसद सुवालले भारतलाई दिने भनिएको आयोजना सबै फिर्ता लिनुपर्ने बताए ।
उनले भने, ‘४ हजार ६ सय ३९ मेगावाट अरुण तेस्रो, तल्लो अरुण, अरुण चौथो माथिल्लो कर्णाली, पश्चिम सेती, सेती नदीलगायतका जलविद्युत् भारतको कब्जामा पुग्ने अवस्था देखिएको छ । भारतले तमोर ७ सय ५६, मुगु कर्णाली माथिल्लो अरुणको ३ हजार ७ सय मेगावाट जलविद्युत् पनि फेरि कब्जा गर्ने तयारी गरिरहेको छ । सरकारले ती सबै आयोजनाफिर्ता लिएर नेपाललाई सुक्खा र अध्याँरो बनाउने काम तत्काल रोक्न जरुरी छ ।’
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० १२:१७