गौर नरसंहारसम्बन्धी मुद्दा न्यायाधीश राउतको इजलासमा

काठमाडौं— गौर नरसंहारसम्बन्धी सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि शुक्रबार सुनुवाइ हुँदैछ ।
उक्त रिटको पेशी न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा परेको छ । गौर नरसंहारको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै त्रिभुवन साहले गत आइतबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
७ चैत २०६३ साल मा रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबीच झडप हुँदा २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो ।
उक्त घटनाको जाहेरी दर्ता गरी अनुसन्धान हुनुपर्ने निवेदकको माग छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० ११:०४