संसद्
प्रतिनिधि सभामा आज पनि बजेटमाथिको छलफल जारी रहने

काठमाडौं— संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बिहीबार पनि बस्ने भएको छ ।
बिहान ११ बजेबाट सुरु हुने बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहनेछ ।
बजेटमाथिको छलफलमा सांसदहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । सांसदहरूबाट मिश्रित प्रतिक्रिया आइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० ०६:३१