News Griha :: न्यूजगृह
बजेटमा केन्द्रिकृत सोच हावी, प्रतिनिधि सभा ठूलो भयो : देवकोटा

काठमाडौं— राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले बजेटमा केन्द्रिकृत सोच हावी भएको टिप्पणी गरेका छन् ।राष्ट्रिय सभामा अर्थमन्त्रीले पेश गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उनले प्रदेश र स्थानीय तहको बजेट कटौतिप्रति असन्तुष्टि जनाए ।

‘प्रदेश र स्थानीयतहले पाउनुपर्ने अनुदान घटाइएको छ । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम जुन हामीले चिहान घाटमा पुर्‍याएका थियौं त्यसलाई बुझ्याइएको छ,’उनले भने,‘अधिकांश मन्त्रालयको बजेट एकदमै केन्द्रिकृत छ । त्यसकारण केन्द्रिकृत सोच र मानसिकताबाट बजेट बनेको छ ।’

प्रधानमन्त्रीले प्रतिनिधि सभाको तुलनामा राष्ट्रिय सभा अलि सभ्य अलि शिष्ट रहेछ भनेको प्रसंगमा उनले भने,‘प्रतिनिधि सभा धेरै ठूलो भयो । संख्याले पनि त्यो अलिकति व्यवस्थापन गर्न गाह्रो भएको छ । त्यो प्रतिनिधि सभाको त्यो २ सय ७५१ सय ६५ मा मात्रै सीमित गर्ने गरी संविधान संशोधन प्रक्रिया अघि बढाइयोस् ।’

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १८:२५
Weather Update