देश आर्थिक मन्दीमा गइसक्यो : सांसद बिमला राई पौड्याल

काठमाडौं— पूर्वपरराष्ट्र मन्त्री तथा राष्ट्रिय सभा सदस्य बिमला राई पौड्यालले देश आर्थिक मन्दीमा गइसकेको टिप्पणी गरेकी छन् ।
बुधबार राष्ट्रिय सभामा आर्थिक वर्ष २०८०/८१ को बजेट छलफलमा भाग लिँदै उनले देशको पुँजीगत खर्च र राजस्व संकलनको तरलता हेर्दा देश आर्थिक मन्दीमा गइसकेको बताएकी हुन् ।
उनले भनिन्, ‘पुँजीगत खर्च र राजस्व संकलनको तरलता हेर्दा हाम्रो देश अहिले आर्थिक मन्दीमा गइसकेको छ । चालु आर्थिक वर्षमा मात्र तीन खर्ब राजस्व घट्ने देखिन्छ । यसको भार विकास खर्चमा पर्छ ।’
उनले अहिले ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भनिए पनि मंसिरमा गएर संशोधन गरी कति प्रतिशतमा झर्ने हो टुंगो नभएको तर्क गरिन् ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० १६:२६