मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटियो ईसीडी

काठमाडौं— मधेस प्रदेश सरकारले मंगलबार प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा प्रारम्भिक बालविकास शिक्षा (ईसीडी) को विषय समेटेको छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रारम्भिक बाल समूहका बालबालिका (३ देखि ४ वर्ष) लाई प्रारम्भिक विकासको अनुभवसहित कक्षा १ मा भर्ना गराउने नीति लिइने जनाए ।
यसका लागि सामुदायिक विद्यालयमा सञ्चालित प्रारम्भिक बालविकास केन्द्रहरूको भौतिक तथा शैक्षिक वातावरणलाई बालमैत्री बनाइने मिश्रले बताए ।
त्यसैगरी प्रदेश सरकारले शिक्षकको योगदानको कदर गर्दै ‘एक पालिका एक उत्कृष्ट शिक्षण अभियान’ अन्तर्गत एक जना शिक्षकलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० ०८:२७