मधेस प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक [पूर्णपाठ]
![मधेस प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/madhesh pradesh1686068876.jpg)
काठमाडौं— मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेस प्रदेश सरकारको आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा मंगलबार पेश गरे ।
प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, उद्योग, पर्यटनका साथै भौतिक पूर्वाधारको विकासमा जोड दिइएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको समग्र विकासका लागि सिँचाइ, यान्त्रिकीकरण, उन्नत प्रविधिका साथै उत्पादित कृषिको प्रशोधन तथा बजारीकरणमा जोड दिइएको छ ।
यसका साथै किसानहरूलाई निःशुल्क कृषि विद्युत् मिटर जडान गर्दै भूमिगत सिँचाइमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पूर्णपाठ
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० २२:१२