News Griha :: न्यूजगृह
प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी रहने

काठमाडौं— प्रतिनिधि सभाको बैठक बुधबार पनि बस्ने भएको छ ।

बिहान ११ बजेबाट सुरु हुने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहने छ । आइतबारदेखि बजेटमाथिको छलफल सुरु भएको हो ।

त्यसैगरी बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०६:३०
Weather Update