अर्थतन्त्र सुधार गर्न योगेश भट्टराईले ल्याए गोलमेच सम्मेलनको प्रस्ताव

काठमाडौं— नेकपा एमालेका सांसद योगेश भट्टराईले देशको आर्थिक समस्या समाधानका लागि बहत् गोलमेच सम्मेलन गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले देश चरम आर्थिक संकटमा रहेको भन्दै संकट समाधानका लागि बृहत् गाेलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन् ।
उनले भने,‘धेरै देशहरूले जब आर्थिक संकटको अवस्था आउँछ । त्यतिबेला धेरै देशहरूले बृहत् आर्थिक सम्मेलन, गोलमेच सम्मेलन गर्ने गरेका छन् । सबै राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र, हाम्रा विकासका साझेदार अन्तर्राष्ट्रिय समुदायलगायत सबैको सहभागितामा एउटा बृहत् गोलमेच सम्मेलन गरौँ ।’
सांसद भट्टराईले राष्ट्रपति, प्रधानमन्त्रीदेखि राज्यका उच्चपदस्थ कर्मचारीहरूको २५ प्रतिशतले तलबभत्ता कटौती गर्ने प्रस्ताव गरे ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० २१:५६