विदेशी लगानी भित्र्याउने विषयलाई प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव

काठमाडौं— जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्र्याउने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
मंगलबार पार्टी निकट बौद्धिक पेशकर्मी महासंघ नेपाल पुनर्गठन तयारी समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशी लगानी भित्र्याउने विषयलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
उनले आफू उपप्रधानमन्त्री हुँदा विभिन्न देशका लगानीकर्तासँग कुरा गरेको तर नेपालमा लगानी गर्ने प्रक्रिया झन्झटिलाे हुने गरेको गुनासो पाएको बताए ।
उनले विदेशीहरू नेपालमा लगानी गर्न इच्छुक भए पनि कानुनी व्यवधानले समस्यामा पार्ने गरेको बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० २०:०४