News Griha :: न्यूजगृह
बजेट सच्याउनुस्, हामी सरकार असफल भयो भन्दैनौँ : अध्यक्ष ओली

काठमाडौं— प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/०८१ को बजेट सच्याउन सरकारसँग माग गरेका छन् । 

बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने अध्यक्ष ओलीको भनाइ छ । मंगलबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सत्तारूढ दलहरूले अहंकार देखाएर बजेटमा कमा र फुलिस्टप पनि सच्याउन नचाहे परिणामले सो अहंकारलाई झारिदिने चेतावनी दिए । 

ओलीले बजेटले उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको कुनै पनि बाटो नदेखाएकाले त्यसलाई सच्याउन उपयुक्त हुने जिकिर समेत गरे । 

उनले भने, ‘अब यहाँ सत्ता अहंकार हुन्छ । बजेट सच्याउन मिल्दैन । बजेट सच्याएबापत सरकार असफल भयो भन्दैनौँ हामी । सच्याउनुस् बजेट । सरकार असफल भयो, सरकारले बजेट फे¥यो भन्दैनौँ हामी । तर, सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस् । हामी साथ दिन्छौँ । तर, सत्ता अहंकारले बजेटमा कमा, फुलिस्टप फेरिँदैन । हामी जो बाहुबली छौँ, टेर्दैनौँ भन्नुहुन्छ भने परिणामले तपाईंलाई सत्ता अहंकारबाट तपाईंको अहंकारको सत्ताको भूत परिणामले झारिदिनेछ ।’

अध्यक्ष ओलीले राजस्व अपचलन हुने गरी बजेट आएको दाबी समेत गरे । 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १६:५८
Weather Update