News Griha :: न्यूजगृह
बजेटमा मुलुकको अर्थतन्त्र सुदृढ गर्ने भिजन छैन : अध्यक्ष ओली
फाइल तस्बिर ।

काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताएका छन् ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको अध्यक्ष ओलीको भनाइ छ । 

मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि भिजन नभएको दाबी समेत गरे ।

बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोशेराको जस्तो भएको उल्लेख गर्दै उनले त्यसले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने बताए । 

ओलीले बजेटबारे आफूले गरेको टिप्पणीलाई आलोचना गर्नभन्दा पनि उपलब्धिमा देखाउन सत्तारूढ गठबन्धनलाई चुनौती दिए । 

अध्यक्ष ओलीले बजेटलाई सुतेर बसेको अजिंगरसँग तुलना समेत गरे । सुतेर बसेको अजिंगरले जस्तो बजेटमा भन्सारबाट आउला र खाउँला भन्ने आशामात्रै रहेको ओलीले बताए । 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १६:१०
Weather Update