News Griha :: न्यूजगृह
नेप्से परिसूचक २५.६६ अंकले वृद्धि

काठमाडौं— सोमबर १७.३८ अंकले गिरावट आएको नेप्से परिसूचकमा वृद्धि भएको छ ।  

मंगलबार नेप्से परिसूचक २५.६६ अंक बढेर १९२७.६५ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.८७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.७७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८३ अंकले बढेका छन् ।

मंगलबार कारोबारमा भएका २६९ कम्पनीको ५५ लाख ४१ हजार कित्ता शेयर १ अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सोमबारको तुलनामा कारोबार रकम पनि सामान्य वृद्धि भएको छ । सोमबार १ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक ५.६७ प्रतिशत बढेको छ । त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक ४.६४ प्रतिशत बढेको छ भने जलविद्युत् उपसमूहको परिसूचक ३.१५ प्रतिशत बढेको छ । त्यस्तै, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से परिसूचक २५ अंकले बढ्दा न्यादी हाइड्रोपावरको शेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ । त्यस्तै सोल्टी होटलको शेयर मूल्य ८.७५ प्रतिशत बढेको छ । मंगलबार सोल्टी होटलको ९ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १५:५९
Weather Update